नेपाली सांगीतिक क्षेत्रका सदाबहार गायक को हुन् भन्ने प्रश्न गरे त्यसको सरल उत्तर छ राजेश पायल राई राई इज किङ १ विक्रम सम्वत् २०४७ सालबाट गायन यात्रा शुरु गरेका राई इज किङ आजको दिनमा पनि उत्तिकै व्यस्त र चर्चाको शीखरमा छन् । उनीसँगै गायनमा आएका धेरै गायक गायिका अहिले कहाँ के गर्दै छन् अत्तोपत्तो छैन् । उनी पछि गीत संगीतमा आएका पछिल्लो पुस्ताका पनि कैयन गायक गायिका पलायन नै भइसके तर सांगीतिक यात्रा शुरु गरेको झण्डै चार दशक पुग्नै लाग्दा पनि राई इज किङ उत्तिकै सक्रिय र व्यस्त छन् । देश विदेशका सांगीतिक कार्यक्रमहरुमा आज पनि सर्वाधिक माग गरिने गायकका रुपमा राजेशले आफूलाई स्थापित गरेका छन् ।गायनमै लागेर नाम र प्रशस्तै दाम कमाएका राई इज किङको नाममा कीर्तिमान को लामै लिस्ट छ । एकै दिनमा सर्वाधिक ९ वटा गीत रिकर्ड देखि संसारका सबैभन्दा धेरै मुलुक सांगीतिक कार्यक्रमका लागि पुग्ने कीर्तिमान उनैको नाममा छ । त्यसैले त राई इज किङसँग पासपोर्टको चाङ नै छ । विदेशका कार्यक्रम जाँदा १ दर्जन भन्दा बढी पासपोर्टका पन्ना भरिएका छन् भने कुनै देश त १५ पटकसम्म पनि पुगेका छन् राई इज किङ । नेपाली भाषी बस्ने कुनै यस्तो मुलुक छैन जहाँ राजेश नपुगेका हुन् । कतिपय मुलुक त उनी सांगीतिक कार्यक्रमकै लागि १ दर्जन भन्दा बढी पटक पुगेका छन् । हङकङमा सर्वाधिक धेरै २६ प्रकट कन्सर्ट गरेको कीर्तिमान उनकै नाममा छ भने दक्षिण कोरियाको आङ्गेन, न्यूज़ीलैंडको क्राइस्ट चर्च नाइजेरियाको लिस्बोन, पोल्याण्ड, स्पेनको मड्रिड, माल्टा लगायत मुलुकमा पहिलोपटक सांगीतिक कार्यक्रम गर्ने नेपाली गायकको कीर्तिमान पनि उनकै नाममा छ । राजेशलाई वर्ल्ड टोर शुरु गर्ने पहिलो नेपाली गायकका रुपमा समेत चिन्ने गरिन्छ। उनले सन् २०११ देखि सांगीतिक कार्यक्रमका लागि विश्व भ्रमण शुरु गरेका थिए । रिङटोनमा सर्वाधिक डाउनलोड गरिएको गीतको कीर्तिमान देखि एकै वर्ष चार वटा आल्वम रिलिजको कीर्तिमान पनि राजेशकै नाममा छ । अन्जु पन्तसँग गाएको सागर सरी चोखो माया बोलको गीत रिङटोनमा सर्वाधिक २ लाख ५० हजार भन्दा बढी पटक डाउनलोड भएको थियो । राष्ट्र गान सयौँ थुङ्गा फूलका हामी,क्रिकेटको राष्ट्रीय गीत, खेलकूद परिषद्को राष्ट्रीय खेलकूद गीतमा आवाज भरेका उनी सर्वाधिक धेरै भाषामा गीत गाउने गायक पनि हुन् । अंग्रेजी,जापानिज,हिन्दी, भोजपुरी लगायत आधा दर्जन बढी विदेशी भाषाका गीत गाएका राजेशले ४० भन्दा धेरै भाषामा गीत गाएका छन् । उनको किरात राई भाषाको आगामी आल्वममा २९ वटा भाषाका गीतहरु समेटिनेछन् । उनका बारेमा आउने बिभिन्न समाचार र चर्चा परिचर्चा को परवाह नगरी वर्षको आधा जस्तो समय आकाशमै उडीरहेका हुन्छन् राई इज किङ…

राई इज किङका कीर्तिमान,हङकङ यात्रा मात्रै २६ पटक

मुख्य समाचार

समाचार

ब्लग

अर्थ–वाणिज्य

खेलकुद

स्वास्थ्य

शिक्षा

मनोरञ्जन/साहित्य-कला

प्रवास

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता