आईपीएलः राजस्थानसँग हार्‍यो बेंग्लोर

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयलले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २९ रनको जित हात पारेको छ।

मंगलबार पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।
राजस्थानका लागि रियान प्रयागले अविजित ५६ रनको पाली खेले।
जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोर १९ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ११५ रनमा समेटियो। राजस्थानका कुलदीप सेनले ४ विकेट लिए।
यससँगै राजस्थान लिगको शीर्षस्थानमा उक्लिएको छ। उसले ८ खेलबाट १२ अंक हात पारेको छ।

प्रतिक्रिया