द भ्वाईस अफ नेपाल सिजन ४ मा लाईभ राउण्ड सम्म पुगेर दर्शकको अपार माया पाउन सफल गायक आशिष महरको गीत ‘चौतारी’ सार्वजानिक भएको छ ।
आफ्नै शब्द , सङ्गीत र स्वर रहेको सो गीतमा आशिष स्वयमले अभिनय पनि गरेका छन् । भिडियोमा मुना ठकुरी र आशिषको राम्रो लभ केमेस्ट्री देख्न सकिन्छ ।
निर्देशक प्रशान्त मगरले उक्त भिडियो निर्देशन गरेका हुन भने कारण खतिवडाले कोरियोग्राफी गरेका हुन् ।
आर्टमाण्डु स्टुडियो बाट रेकर्डिङ्ग भएको सो गीतलाई आशिषले आफ्नै अफिसियल युट्युबाबाट सार्वजानिक गरेका हुन् ।
प्रतिक्रिया