गायिका सुमिता राईको गीत ‘फुल झैँ’ सार्वजनिक

गायिका सुमिता राईको गीत ‘फुल झैँ’ सार्वजनिक भएको छ ।

मुकेश राईको शब्द र तारा प्रकाश लिम्बुको सङ्गीत रहेको सो गीतमा बाल गायिका रुक्सना लिम्बु, मिन्छमा राई र सुमिताको स्वर रहेको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र किरन चाम्लिङ्ग राईको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा स्वयम रुक्साना र मिन्छमाले अभिन्य गरेका छन् भने रजनी गुरुङ्गले आमाको भूमिकामा अभिनय गरेकी छन् ।

सो गीत गायिका सुमिता राईकै अफिसियल युट्युब बाट सार्वजानिक भएको हो ।

 

प्रतिक्रिया