च्याम्पियन्स लिगः सेमिफाइनलको पहिलो लेगमा सिटीसँग हार्‍यो रियल

च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडमाथि जित हात पारेको छ।

मंगलबार राति भएको पहिलो लेगमा ४–३ गोल अन्तरको जित हात पार्दै सिटीले रियलमाथि १ गोलको अग्रता लिएको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीले महत्वपूर्ण अग्रता लिएको हो।
मंगलबारको खेलमा सिटीलाई जित दिलाउने क्रममा केभिन डि ब्रुयन, ग्राबियल जेसस, फिल फोडेन र बर्नान्डो सिल्भाले एक/एक गोल गरेका थिए।
रियलका लागि करिम बेन्जेमाले दुई गोल गरेका थिए। भिसियस जुनियरले एक गोल थपेका थिए।

अब यी दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेगको खेल मे ५ मा हुनेछ।

प्रतिक्रिया