सम्मान मिस लिम्बू विजेतालाई स्कुटर र ५० हजार नगद

‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करण हुने भएको छ ।
‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले जनाएको छ ।
सो सुन्दरी प्रतियोगिताको छैटौँ संस्करणका लागि आवेदन समेत खुल्ला भएको छ ।
काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको हो । तर सिक्किम, दार्जिलिङ, युके र हङकङमा भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिती तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३० जना युवतीलाई फाइलनका लागि छनोट गरिने छ ।

उक्त प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतृण भएका, १७ देखि २६ वर्ष पुगेका लिम्बू समुदायका अविवाहित महिला हुनुपर्ने छ ।
‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्व मिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएकी छिन् ।

साथै, प्रतियोगीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ् , डिबी आङबुङ्लगायतले व्यक्तित्व विकासबारे ट्रेनिङ्ग दिनेछन् ।

उक्त सुन्दरी प्रतियोगिताको विजेताले नगद ५० हजारसहित स्कुटर पाउनेछिन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।
यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत ११ गते हुने छ ।

प्रतिक्रिया