एन्फा महिला संघको अध्यक्षमा पेमा डोल्मा निर्वाचित

अखिल नेपाल फुटब संघ (एन्फा) महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छिन्।

संघको मंगलबार भएको निर्वाचनमा अध्यक्षकी प्रत्याशी विमला पौडेललाई ३० मतले पराजित गर्दै लामा अध्यक्षमा विजयी भएकी हुन्।
मतदानमा कुल ४२ मत खसेकोमध्ये लामाले ३६ मत प्राप्त गर्दा पराजित पौडेलले ६ मत प्राप्त गरिन्।
घको उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान, कमला हिराचन थकाली विजयी भए। श्रेष्ठले ३८, प्रधानले ३५, हिराचनले ३४ मत प्राप्त गरे। उपाध्यक्षकी अर्की प्रत्याशी रमा भट्टराईले ७ मत पाइन्।
समितिको सदस्यमा वृनदा देवान, दिपा क्षत्री, सरिता श्रेष्ठ मलेखु, सरस्वती श्रेष्ठ, लिला माया थापा, चन्द्रा भण्डारी र विना श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

प्रतिक्रिया