गायिका डक्टर त्रिशला गुरुङको नयाँ गीत तिमी नहुँदा सार्वजनिक भएको छ । द्रीप चाम्लिङ राईको शब्द रहेको गीतमा महेश खड्को संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ । गीत शब्दकार द्रीपकै च्यानलबाट सार्वजनिक भएको हो । यस गीतको म्युजिक भिडियोमा मलिका महत र कुन्साङ बोम्जनको अभिनय रहेको छ । मलिका र कुन्साङको जोडीलाई पछिल्लो समय म्युजिक भिडियोमा निक्कै रुचाइने गरेको छ । उत्सव दाहालले छायांकन तथा विकाश दाहालले सम्पादन गरेको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।
प्रतिक्रिया