एलिना चौहान र गोविन्द मधुर अचार्यको गीत ‘हाम्रो माया गोप्य’ सार्वजानिक

गायिका एलिना चौहानको आवाजमा, गायक तथा संगीताकार गोविन्द मधुर अचार्यको गीत ‘हाम्रो माया गोप्य’ सार्वजानिक भएको छ ।

गायक गोविन्दको आफ्नै शब्द संगीत रहेको यस गीतलाई एलिना र गोविन्दले स्वर  दिएका हुन् ।

सो गीतको भिडियोमा पछिल्लो समयको चर्चित मोडल सामारिका ढकाल र प्रेम राज लामिछानेलाई देख्न सकिन्छ ।

प्रशान्त मगरले निर्देशन गरेको उक्त भिडियोमा सामारिका र प्रेमले अन स्क्रीन रोमान्स गरेका हुन् ।

सो गीतको प्रोडक्सना टंक कार्की छिमेकीले गरेका हुन् भने प्रड्युसर रहेकी छन् सिर्जना लामिछने ।

गोविन्द मधुरको यस गीतलाई उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया