गायक रेवत राईको आवाजमा रहेको ‘कान्छिलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
सदोक मल्लको शब्द र कमल रसाईलीको सङ्गीत रहेको यस गीतलाई रेवतले आफ्नो आवाज दिएका हुन् ।
भुपेन्द्र तुम्बहाम्फेको छायांकन र किरन चाम्लिङ्ग राईको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा कलाकार उपेन्द्र सुब्बा र मेनुका प्रधानले सुन्दर जोडीको रुपमा अभिनय गरेका छन् ।
थाईली इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सो गीतलाई रेवत राईको आफ्नै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया