प्रमोद खरेललाई महोत्सवस्थलमा हेर्न आउँदा भिडका कारण दर्जनौ घाईते

धनकुटामा सञ्चालन भइरहेको महोत्सवस्थलमा शनिबार राति भएको घटनामा घाइते ३० जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

धनकुटा टुँडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगितिक प्रस्तुति हुनु केहीबेर अघि करिब साढे ८ बजे राति उक्त घटना भएको हो ।

गायक खरेललाई हेर्न आउने भीड अत्याधिक हुनाले महोत्सवस्थलको मूलगेटमा ठेलमठेल हुँदा भएको उक्त घटनामा बालकहरु ३ वर्षीय बालक सोनाम लिम्बू र धनकुटा ५ का ११ वर्षीय आवुहाड लिम्बूको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

मुस्किलले तीन हजार अटाउने क्षमता रहेको टुँडिखेलमा दोब्बर गुना दर्शकको भीड रहेकोले आयोजकले व्यवस्थापन गर्न नसक्दा घटना भएको जनाइएको छ ।

अत्यधिक भीड रहेको अवस्थामा महोत्सवको दुवैतर्फको गेट बन्द गरिएको थियो । सयौंको भीड रहेको अवस्थामा एकै पटक गेट खोल्दा ठेलमठेल हुँदा किचिएर घाइते भएको प्रत्यक्षदर्शीले बताए ।

धनकुटामा गत माघ ६ देखि सुरु गरिएको महोत्सव आगामी १६ गतेसम्म सञ्चालनमा हुने थियो । घटना भएलगत्तै महोत्सवमा आयोजना गर्न लागिएको सांगितिक कार्यक्रम र हाउजी बिङ्गो खेल स्थगित गरिएको छ ।

गायक खरेलले यस घटना बारे साम्जिक संजाल मार्फत दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया