सेमिहाङ सिङ्गकको ‘साम्याङ्फुङ’ भाग २ सार्वजानिक

चर्चित लिम्बु भाषाको गीत ‘साम्याङ्फुङ’को भाग २ सार्वजानिक भएको छ ।

सेमिहाङ सिङ्गकको शब्द सङ्गीतमा बनेको ‘साम्याङ्फुङ-२’ मा स्वयम गायक सिङ्गक र गायिका सुनिता थेगिमले आवाज दिएका हुन् ।

भुपेन्द्र तुम्बहाम्फेको निर्देशन र छायाँकनमा बनेको यस गीतको भिडियोमा रेखा लिम्बु र सेमिहाङ सिङ्गकले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन् भने प्रेम सुब्बा, मौसम इम्बुङ् , सोना सिङ्गक , पन्च लावती लगायतका कलाकारहरुले उनिहरुलाई अभिनयमा साथ दिएका छन् ।

थैली ईन्टरटेन्मेन्टको निर्माणमा बनेको यस गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् भने अनिल रानाले भिडियो एडिटिङ् गरेका हुन् ।

यस गीतलाई गायक सिङ्गकको आफ्नै अफिसियल युट्युब ‘सेमिहाङ् क्रीयसन’ बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया