गायक आर.सी रिमालको गीत ‘देखे तिमिलाई’ सार्वजनिक भएको छ।
द भ्वाईस अफ नेपाल सिजन ४ को ब्याटल राउण्ड सम्म पुग्न सफल आर.सी को सिन्की अचार, चौबन्दी लगायतका थुप्रै गीतहरु बजारमा आईसकेका छन्।
बसन्त श्रेष्ठको शब्दमा बनेको सो गीतमा आर.सीले सङ्गीत र आवाज दिएका हुन्।
दिनेश पराजुलीको छायांकन र उत्तर राना, मगरको निर्देशनमा बनेको सो गीतको भिडियोमा शितल सिलवाल र जेनेलिया श्रेष्ठले अभिनय गरेका छन्। उक्त गीतलाई आर.सी को आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया