गायिका नूमा लिम्बूको गीत ‘याद’ सार्वजनिक भएको छ।
न्यूह बज्राचार्यको शब्द, सङ्गीत रहेको गीतमा गायिका नूमाले आफ्नो स्वर दिएकी हुन्।
किरन दाहाल र विबेक मगरको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा नूमा र मोडल गणेशमान घलेको सुन्दर केमिस्ट्री देख्न सकिन्छ।
उक्त गीतलाई विकेश मगरले छायांकन गरेका हुन्। सो गीतको छायांकन काभ्रेको नमोबुद्दमा गरिएको थियो।
प्रतिक्रिया