यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पन्जा ४’, ‘२ .० छड्के’ र हलिउड फिल्म ‘क्रिड ३’ का लागि टिकट बुकिङ खुला गरिएको छ।
नेपालको ठूलो मल्टिप्लेक्सहरु क्युएफएक्स,वान सिनेमाज,बिग मुभिज लगायतका हलहरुमा ‘छड्के’ भन्दा ‘छक्का पन्जा ४’ ले बढी शो पाएको छ। फागुन १९ गतेलाई नेपाली फिल्मको महाभिडन्तको रूपमा हेरिएको छ।
दीपक र दीपाको फिल्म ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष ‘छक्का पन्जा ३’ को रेकर्ड तोड्दै ‘कबड्डी ४’ धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ। दीपकलाई फिल्मले राम्राे कमाइ गर्नपर्ने चुनाैती देखिन्छ।
अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्।
हलमा कुन फिल्मले राम्रो कमाइ गर्छ त्यसको लागि फागुन १९ गते कुर्नुपर्छ।
हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘२ ।० छड्के’ मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।
प्रतिक्रिया