इटालीका कप्तान चिलिनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

इटालियन राष्ट्रिय फुटबल टोलीका कप्तान तथा डिफेन्डर जर्जियो चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

३७ वर्षीय चिलिनीले आगामी जुनमा वेम्वेलीमा अर्जेन्टिनासँग हुने मैत्रीपूर्ण खेलपछि सन्यास लिने घोषणा गरेका हुन्।
सन् २००४ मा इटालीको राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ११६ अन्तराष्ट्रिय खेल खेलेका छन्।
युरोकप विजेता इटाली भने कतार विश्वकपमा छनोट हुन सकेन। उनले भने, ‘इटालीको फुटबल टिमले दिएको मिठो सम्झनाको साथमा अब बिदा हुन चाहन्छु।’

प्रतिक्रिया