कुन्साङ्गको प्रेममा मिरुना (भिडियो सहित)

 

अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ। उक्त गीतलाई दिप चाम्लिङ्गले शब्द र सन्तोष सुनारको सङ्गीत दिएका हुन्।

रचनाकार चाम्लिङ नेपालकै सफल स्कुल/ कलेज युनाइटेड एकेडेमीका सञ्चालक हुन्। उनी नेपाली परिवेश र भूगोललाई समावेश गर्ने शब्द रचना गर्ने गर्दछन्। ‘मखमली’ ले पनि त्यस्तै भाव बोकेको छ।

भिडियोको निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले यसपटक पनि केही भिन्न र सुन्दर निर्देशन गर्ने जमर्को गरेका छन्। मिरुना मगर र कुन्साङ्ग बोमजोन गीतको भिडियोमा फिचर रहेका छन् ।

भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ। मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा रहेकी छिन्। भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

 

प्रतिक्रिया