अनुज कुलुङ्गको ‘साईली’ बोलको गीत सार्वजनिक भएको छ।
बिमु थेगीमको शब्द र असुतोश राईको सङ्गीत रहेको उक्त गीतमा गायक अनुजले आफ्नो स्वर दिएका छन्।
सो गीतको अफिसियल म्युजिक भिडियो भने बनाईएको छैन । भिडियो सुन्दर बनाए मात्रै गीत दर्शकले हेर्छन् भन्ने मानसिकतालाई च्यालेन्ज गर्दै निर्माता टिमले सो गीतको लिरिकल भिडियो मात्रै सार्वजनिक गरेका छन् ।
उक्त गीतलाई असुतोशकै अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ।
प्रतिक्रिया