गायक प्रविन बेड्वालको गीत ‘माया लाईसक्यो’ को सिक्वेल ‘माया लाईसक्यो २’ सार्वजनिक भएको छ
सि एल शर्माको शब्द, सङ्गीत रहेको यस गीतमा प्रविन र प्रतिमा केसीले आफ्नो आवाज दिएका हुन् ।
स्मिर्ती शाही र दिया पोखरेलले यस गीतको कोरस गायनमा सहयोग गरेका छन् भने एरेन्जर संजीव वराईलीले उक्त गीतलाई एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा गायक बेड्वाल स्वयम प्रस्तुत भएका छन् । भिडियोमा बेड्वाल र सन्जिता खतिवडा बिच अन स्क्रीन रोमन्स देख्न सकिन्छ ।
रिलमा मानसिक बिरामी भएका प्रविनको प्रेममा चुर्लुम्म डुबेकी सन्जिताले उनलाई आफ्नो माया, प्रेम नखराले मायाजालमा पारेको देख्न सकिन्छ
सो गीतको भाग एकले दर्शकको निक्कै माया पाएपश्चात भाग दुई पनि लिएराईएको हो ।
उक्त गीत प्रविन बेड्वालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया