आपत्ती सकम्बरीको कथाप्रती या प्रकाशको बढ्दो लोकप्रियताप्रती ?

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ विवादमा परेको छ ।

गायक सपुतको सिर्जनाहरु प्राय सबैजसो समाजको यथार्थ चित्रण गर्ने खालको हुन्छ । उनि समाजमा घटिरहने घटनाहरुलाई उनका सिर्जना मार्फत दर्शकसामु पस्किने गर्दछन् ।

सपुतको पछील्लो गीत सकम्बरी पनि यतिबेला सामाजिक संजालभरी चर्चाको विषय बनेको छ ।

उक्त गीतको भिडियोले देखाउन खोजेको भावप्रती आपत्ती जनाउँदै ‘रात्रीकालिन मनोरञ्जन व्यवसाय संघ नेपाल’ ले प्रेस विज्ञप्ती सम्म छापेको छ ।

विज्ञप्तीमा सपुत स्वयम जुन क्षेत्रबाट स्थापित भए त्यसैको विरोध गरेको, कलाकारितामा लागेका नारीहरु बिग्रेका हुन्छन् भनी देखाउन खोजिएको, नारीको सम्मान नगरेको र रात्रीकालिन व्यवसायको बारेमा नकरात्मक भ्रम फैलाउन खोजीएको भनी सपुतको सिर्जना तुरुन्त युट्युबबाट हटाउन माग गरिएको छ ।

केहि एकाध संघसंस्था र केहि व्यक्तिहरु बाहेक धेरै दर्शकले भने सपुतको गीतको तारिफ गरेका छन् ।

समाजमा हुने हरेक विषयवस्तुलाई लिएर चलचित्रहरु बन्छन् भिडियोहरु बन्छन् तर हरेक समय सपुतकै सिर्जनाहरुको आलोचना हुने गर्दछन् । के मानिसहरुले यथार्थ पचाउन नसकेका हुन् या सपुतको प्रगतिप्रती आपत्ती ?

सामाजिक संजालभरी सकम्बरीलाई लिएर विभिन्न प्रश्नहरु उठेका भएतापनी प्रकाशले यस विषयमा भने हालसम्म केहि बोलेका छैनन् ।

२४ घण्टा नपुग्दै ट्रेन्डिङ्ग नम्बर एकमा आएको ‘सकम्बरी’ पाँच दिनमै करोण क्लबमा पुग्ने तयारीमा छ ।

प्रतिक्रिया