सविना र सुसनको गीत ‘घर कता’ सार्वजनिक (भिडियो सहित)

गायिका सविना योङ्हाङ्ग र गायक सुसन साम्सोहाङ्गको गीत ‘घर कता’ सार्वजनिक भएको छ ।

अर्जुन भट्टराईको शब्द र सशी गुरुङ्ग बाङ्देलको सङ्गीत रहेको सो गीतमा सविना र सुसनले आफ्नो आवाज दिएका हुन् ।

पुर्वेली भाका र पुर्वेली पहिचान झाल्किने यस गीतको छायांकन पनि पुर्वकै विभिन्न ठाउँहरुमा भएको थियो ।

उक्त म्युजिक भिडियोको छायांकन शिव ढकलाले गरेका हुन् भने कोरियोग्राफी सुमित गुरुङ्गले गरेका हुन् ।

भिडियोमा बिमला लिम्बु र जान थापामगरको राम्रो केमेस्ट्री देख्न सकिन्छ ।

प्रतिक्रिया