चितवन-२मा रविले लिन सकेनन् सुरुवाती अग्रता

चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

यस अघी भएको चुनावमा पनि राष्ट्रीय स्वतन्त्र पार्टिले सुरुवती अग्रता लिन सकेको थिएन तर चितवनको मध्य भागमा आईपुगेसी भने रविको मतले तीव्र गती लिएको थियो र भारी मतान्तरको साथमा उनले जितेका थिए ।

प्रतिक्रिया