चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
सोमबार दिउँसो इच्छाकामना गाउँपालिका वडा नं १ को मतगणना हुँदा सुरुवाती चरणको अग्रता नेकपा एमालेका उम्मेद्वार रामप्रसाद न्यौपानेले पाएका थिए ।
तर हालसम्म इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले फड्को मारेर तीव्र गती लिन थालेका छन् । रास्वपाका रवीले ११५५ मत पाएका छन् ।
नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका जानकारी प्राप्त भएको छ ।
हालसम्मको मतगणनामा रवीले झण्डै दोब्बर मतान्तर पाएका छन् ।
प्रतिक्रिया