ऋचाको कौसीदको नयाँ रिलिज मिति तय

अभिनेत्री ऋचा शर्माको ‘कौसीद’ले नयाँ रिलिज मिति तय गरेको छ। यो चलचित्र अब आगामी जेठ २७ गते रिलिज हुने भएको छ।

ऋचाले निर्माण गरेको यो चलचित्र आगामी मंसिरमा रिलिज गर्ने तयारी थियो। तर अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने लक्ष्य राखेर फिल्मको रिलिज मिति सारिएको ऋचाको भनाई छ।
विदेशका ५ देशमा चलचित्र प्रदर्शनको तयारी भैरहेको ऋचा बताउँछिन्।
उनी भन्छिन् ‘विदेशमा रिलिज गरेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरेका छौँ।’
चलचित्र निर्माणमा ऋचालाई केदार भुसालले साथ दिएका छन्। कुमार भास्करले निर्देशन गरेको ‘कौसीद’मा ऋचा शिर्ष भूमिकामा देखिने छिन्।

प्रतिक्रिया