पुन: एकपटक सफलताको सिंढी चढ्दै रेखा शाह

गायिका रेखा शाहको ‘सिमसिमे पानी’ ले फेरिपनी मिलियन भ्युज समेट्न सफल भएको छ ।

उसो त रेखा शाह आफैँमा एक चर्चित नाम हो । तर ‘सिमसिमे पानी’ले उनको साङ्गितिक करियरमा थप इट्टा थप्ने काम गरेको छ भन्दा फरक नपर्ला ।

८ वर्ष अघिनै दर्शकको अपार माया पाउन सफल सो गीतलाई रेखाले रिमेक गरेकी हुन् ।

कुनैबेला हरेक घरको टिभि,रेडियोमा गुन्जिने ‘सिमसिमे पानी’ले युट्युबमा पनि १० मिलियन भ्युज पाउन सफल भएको थियो र अहिले सो गीतको रिमेक भर्जन पनि सफलताको सिंढी चढ्दैछ ।

उक्त भर्जनले पनि निक्कै छोटो समयमा १० लाख भ्युज पाईसकेको छ ।

बिगतका दिनहरुमा ‘सिमसिमे पानी’ , ‘नजिक छौ तिमी ‘, ‘तिमीलाई केहि’ जस्ता थुप्रै चर्चित गीतहरु गाएर दर्शकको मन जितिसकेकी रेखा पुन: एकपटक दर्शकको मन मष्तिस्कमा छाउन सफल भईन् ।

‘सिमसिमे पानी’को रिमेक भर्जनमा फेरिपनी उनि आफैँ प्रस्तुत भएकी छन् । आफ्नै शब्द्, सङ्गीत र स्वर रहेको रेखाको सो गीतमा कलाकार महेश त्रीपाठी र नन्दु सिंह सिद्दार्थले उनलाई अभिनयमा साथ दिएका छन् ।

प्रतिक्रिया