गायक पदम राईलाई मातृ शोक

गायक पदम राईलाई मातृ शोक परेको छ।

द भ्वाईस अफ नेपाल सिजन ४ को सेमिफाईनल सम्म पुगेका गायक राईको आमा ईन्द्री कुमारी थलङ्ग राईको हिजो धरान स्थित विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो।

प्रेसरका कारण ७३ वर्षको उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भोली उहाँको अन्त्येष्टी हुनेछ ।

गायक पदमका के गुलियो छ र सक्खर चिनी , यसो हेरे पूर्वतिर, पछिपछी लाएर लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया