एकाउन्न दिनमा आईपुग्दा जारीको कमाई कती ? जारीको सफलताको सुत्र के हो ?

चलचित्र ‘जारी’ले हिजोमात्रै एकाउन्न दिन मनाएको छ । जारी रिलिज भएदेखी नै हलमा दर्शकहरुको घुँईचो छ ।

यो वर्ष प्रदर्शनमा आएको कुनैपनी चलचित्रले व्पापारीक हिसाबमा राम्रो कमाई गर्न सकेन । सबैभन्दा बढी आश गरिएको फिल्म ‘प्रसाद-२’ र ‘नाई नभन्नु ल _६’ ले पनि व्यावसायिक हिसाबमा निक्कै पछी परे तर जारीले भने ह्याट्रीक हानेको हानेई भयो ।

चलचित्र भर्खर रिलिज हुँदा त झनै हाउसफुल भएर टिकेट पाउन सम्म धौ-धौ को अवस्था सिर्जना भएको थियो ।  एकाउन्न दिँनमा प्रवेश गर्दासम्म देशका विभिन्न हलहरुमा जारी चलिनैरहेको छ र अझैअपनी अन्य फिल्मको तुलनामा जारीकै दर्शक धेरै  देखिन्छन् ।

 

के विशेष छ त जारीमा ?

सर्वप्रथम त जारीको मुख्य जग भनेको अभिनेता दयाँहाङ्ग राई नै मान्न सकिन्छ । उनि अभिनित चलचित्रहरु व्यापारिक हिसाबमा राम्रो हुने गर्दछ्न् ।

र दयाँहाङ्ग राई र मिरुना मगरको जोडीलाई पनि दर्शकले निक्कै रुचाउने गर्दछन् ।

जारीमा लिम्बु समुदायको रितिरिवाज र संस्कृतीलाई झल्काईएको छ ।

सो चलचित्रमा मुन्धुमको महत्व, पालमको अर्थ सबैको वर्णन गरिएको छ । लिम्बु समुदायका सामान्य परिवारले खेप्नु परेको पिडा, जारी तिर्न नसक्दा दाष बन्नु परेको कुराहरु चित्रण गरिनुको साथै प्रेम सम्बन्धको बारेमा राम्रो सामाजिक सन्देश सम्म दिइएको छ ।

जारी चलचित्रको व्यावसयिक र सिर्जनात्मक दुवै हिसाबले सफल चलचित्र हो ।

 

उसो भए जारीको कमाई कती त ?

जारीले हालसम्म सत्र करोण कमाई गरिसकेको अपडेट आएको छ । जारीले कमाएको रकमबाट केहि रकम निर्माता उपेन्द्र सुब्बाले सामाजिक कार्यहरुमा सहयोग पनि गरेका छन् ।

उनले धरानका मेयर हर्क साम्पाङ्गलाई पनि रु एक लाख सहयोग गरेको विज्ञप्ती सामाजिक संजालामा शेयर गरेका थिए ।

 

जारी अब छिट्टै पचहत्तर दिन मनाउने तयारीमा छ ।

प्रतिक्रिया