ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाको गीत ‘तिमी छौ तिमी ‘ सार्वजनिक

सन्दीप लामाको ‘तिमी छौ तिमी ‘मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम

ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाको गीत ‘तिमी छौ तिमी ‘ सार्वजनिक भएको छ। गायक लामाकै शब्द, संगीत र स्वर रहेको उक्त गीतलाई निकेश खड्कले निर्देशन गरेका छन् भने भिडियोमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरे फिचर्ड छन् ।

सो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने विकास धमलाको सम्पादन देख्न सकिन्छ ।

सो गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ । भिडियोमा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ ।

भिडियो अब्बल बनेको छ भने साथै कलाकारहरूले पनि उत्कृष्ट काम गरेका छन् ।

इन्क्सभिल्ला सफ्टवेयर एण्ड एप्पको निर्माण रहेको गीतको भिडियोमा बाँसुरी विकास लामा, मेकअप अनिता ग्वाचा र स्टाइलिश मार्कस ब्लेन्डेनको रहेको छ । भिडियो सपोर्टेडमा ट्याटु हाउस नेपाल रहेको छ । लामा इन्कसिभ्ला ट्याटु मोबाइल एपका सिइओ पनि हुन् ।

प्रतिक्रिया