गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ। तमाङको निधन भएको कुरा उनकै नजिकका व्यक्तिले हिजो राती उनकै फेसबुक मार्फत सार्वजनिक गरेका थिए। बूढानीलकण्ठस्थित घरमा उनको निधन भएको पारिवारिक स्रोत मार्फत जानकारी प्राप्त भएको छ निधन हुनुको कारण भने खुलाईएको छैन । तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् ।
प्रतिक्रिया