अभिनेता सारुक ताम्राकारको निधन भएको छ। सामाजिक संजालमा आएका खबर अनुसार ताम्राकारले आत्महत्या गरेका हुन्। स्रोतका अनुसार उनी हिजो बिहान ५ बजे सम्म ‘ह्यास ट्याग माया’को शुटिङ्ग हासीखुशी सक्काई घर आएका उनि ११ बजे रातोपुल स्थित आफ्नै घरको रेलिङ्गमा प्लास्टिकको पाईपको पासो लगाईएको अवस्थामा फेला परेका हुन्। आमा बुवा पार्टिमा गएको मौका छोपि उनले आत्महत्या गरेका हुन् भन्ने कुरा सामाजिक संजालमा आएको छ। चलचित्र ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’ जस्ता चलचित्रमामा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए। उक्त फिल्मको जम्मा ३० % मात्र काम सकिएको थियो।
प्रतिक्रिया