नेपाली कलाक्षेत्रमा चर्चित सिनेमाटोग्राफर भनेर चिनिने अर्जुन तिवारी अब निर्देशक पनि।
अर्जुन तिवारी पछिला समयका सबैभन्दा व्यस्त र चर्चित सिनेमाटोग्राफर हुन्। उनले हालसम्म ३५०० भन्दा माथी म्युजिक भिडियोहरु तथा कोहलपुर एक्प्रेस, सुश्री, नाईके जस्ता चलचित्रहरु छायांकन गरिसकेका छन्। यति मात्रै हैन तिवारीले अहिलेको सबैभन्दा चर्चित रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’मा पनि डाईरेक्टर अफ फोटोग्राफीको रुपमा काम गरिसकेका छन्।
उनले पहिलो पटक निर्देशन गरेको नयाँ म्युजिक भिडियो ‘मायाले दिएको एक सुका’ सार्वजनिक भएको छ।
गीतमा भिडियोको कहानी र मेकिङ्ग निक्कै दमदार देखिन्छ। भिडियोमा रियाशा र मनोज गाउँले श्रीमान श्रीमतीको रुपमा प्रस्तुत भएको देख्न सकिन्छ।
उक्त भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने भिडियो कन्सेप्ट नायक पल शाहले तयार गरेका हुन्।
भिडियो;
प्रतिक्रिया