दर्शकको मन जित्दै अभया, ‘बासँको घारी’ ट्रेन्डिङ् मा

अभया सुब्बाको गीत ‘बाँसको घारी’ युट्युबको ट्रेन्डिङ्ग नम्बर २२ मा परेको छ ।

गायिका सुब्बाकै शब्द, सङ्गीत र स्वर रहेको ‘बाँसको घारी’ लाई अहिले निक्कैले रुचाईरहेका छन् । गीत आफैमा राम्रो, गायिका सुब्बाले गाईरखेको रक-पप गीतहरु भन्दा बिल्कुल फरक त्यसैमाथी रियक स्टोरीमा बनेको भिडियो ।

यो गीत सुब्बाले आफ्नै घरमा बस्दै आएकी एक युवतीलाई सम्झेर बनाएको र उस्कै जीवनमा आधारित भिडियो बनाएको कुरा उनले पत्रकार सम्मेलनमा बताएकी थिईन् ।

सो भिडियोलाई सुमित शर्माले निर्देशन तथा छायांकन गरेका छन् भने टिकटकमा निक्कै नाम कमाएकी एलिना डनले अभिनयमा साथ दिएकी छिन् ।

प्रतिक्रिया