थिर कोइरालाको शब्दमा बनेको गीतमा अन्जुको स्वर र छोरी परितोषिकाको अभिनय

गायिका अञ्जु पन्तको नयाँ गीत ‘तिम्रो सुन्दर रुप’ सार्वजानिक भएको छ ।

रञ्जन राई र अन्जुको स्वर रहेको सो गीतका शब्द अञ्जुकै श्रीमान् थिर कोइरालाले कोरेका हुन् भने संगीत नवीन कार्कीले भरेका छन् । गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।

‘अञ्जु पन्त अफिसियल’ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

भिडियोमा अञ्जुकी छोरी परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् ।

यो गीत आफूलाई श्रीमानले उपहारस्वरुप दिएको अञ्जुले बताइन् । गीतमा प्रकाश खड्का एण्ड टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ ।

प्रतिक्रिया