गायक बलराम परियार र गायिका प्रिती रिमालको आवजमा रहेको ठट्यौली गीत ’जान्छु ल खै त हाँसेको‘ सार्वजनिक भएको छ ।
महेश खड्काको शब्द तथा सङ्गीत रहेको यस गीतलाई जीवन बडुको मिक्सिङ्ग मास्टरिङ गरेका छन् ।
जेरी भण्डारीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा सुजन बाबु गुरुङ,अनुष्का घर्ती क्षेत्री,जेरी भण्डारी र विवश गुरुङको अभिनय रहेको छ ।
शिवांगी क्षेत्रीको मेकअप रहेको यस गीतको भिडियोमा रंग संयोजन तथा सम्पादन टेकेन्द्र शासाको रहेको छ ।
गीतलाई एस ।एम मनोरञ्जन१९९६ नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया