हिन्दूवादीहरूले विरोध प्रदर्शन गर्ने भएपछी धरानमा निषेधाज्ञा

नेपालको राष्ट्रीय जनावर मानिने र हिन्दू धर्ममा भगवानको रुपमा पुजिने गोरु मारेर खाएपछी धरान बासी र अन्य हिन्दू समुदायका गुरुहरु बिच सामाजिक संजालामा धार्मिक द्वन्द चलिरहेको थियो ।

झगडा पश्चात पनि केहि निष्कर्ष ननिस्किएपछी हिन्दू धर्मावलम्बीहरुले धरानमै गएर विरोध गर्ने चेतावनी दिएका थिए जसपश्चात स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएकोले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन् ।

प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर्भ गरेर गइरहेका छन् ।

प्रतिक्रिया