दिपक लिम्बूको ‘सागर बरु सुकेर गैजाला’ ट्रेन्डिङ्गमा

गायक दिपक लिम्बूको गीत ‘सागर बरु सुकेर गैजाला’ ट्रेन्डिङ्गमा प्रवेश गरेको छ ।

यो गीतले आज भन्दा २३ वर्ष अघी नै दर्शकको मन जितिसकेको थियो । सिन्दु रानाको शब्द, रेशमलाल चौधरीको सङ्गीत र आफ्नै आवाज रहेको गितलाई दिपकले फेरी दर्शकमाझ लिएर आउने हेतुले रिमेक बनाएका हुन् ।

रिमेक भर्सनमा गायक लिम्बूसङ्गै ससीका राईको पनि आवाज रहेको छ भने मोडल गरिमा शर्मा र बादल श्रेष्ठले अभिनयमा साथ दिएका छन्।

आफ्नो युट्युब च्यानलबाट अपलोड गरिएको गीत ट्रेन्डिङ्ग नम्बर २६ मा आएपछि गायक लिम्बूले खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद दिएका छ्न्।

 

प्रतिक्रिया