बालेन शाहले अस्ति राती सामाजिक संजालमा राखेको पोस्ट हटाएका छन्।
शनिबार राती बालेनले सामाजिक संजालमा अराजक अभिव्यक्ति दिदै एक स्टाटस राखेका थिए। पोस्टमा लेखिएको थियो, “आजलाई भैगो भोलीबाट महानगरको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाईदिन्छु याद राख चो*र सरकार”।
बालेनले यस्तो लेखेपछी कतिपयले बुडि सङ्ग दर खान गएको बेला ट्राफिकले रोकेर बालेन रिसाए भन्दै खिल्ली उडाईरहेका थिए भने उनको त्यो पोस्ट आएसङ्गै बालेन शाहलाई केही दिन अघि पुत्रीलाभ भएको र सो पुत्री NICU मा हुँदा सुत्केरी अवस्थाको श्रीमती लिएर अस्पताल जानेक्रममा सरकारी गाडि प्रयोग गरिएको भन्दै सुत्केरी अवस्थाको बिरामीलाई केरकार गरेकोमा बालेन भड्किएका भन्ने कुराहरुपनी बाहिर आएको थियो।
सोही विषयलाई स्पष्टीकरण दिदै महानगरले प्रेस विज्ञपति पनि छापेको थियो।
बालेनको स्टाटसले दुई दिन देखि चर्चा बटुलिरहेको थियो। कतिले बालेनलाई वाहवाही दिएका थिए भने कतिले उनका शब्दहरु प्रती आपत्ति जनाईरहेका थिए।
अन्ततः बालेनले आफ्नो फेसबुक पेजबाट उनको स्टाटस हटाएका छन्। बालेनलाई सुरक्षा थ्रेट आएको हो त?
प्रतिक्रिया