पत्थर को मुटुको अपार सफलता पछि विजय पुन मगरको ‘पत्थरको मुटु २’ सार्वजनिक भएको छ।
विजयको शब्द, ऋषि खड्काको सङ्गीत र प्रताप दासको स्वर रहेको सो गीत रिलिज पश्चात् दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छ।
विक्रम चौहानले निर्देशन र अजय रेग्मीले छायांकन गरेका उक्त गीतको भिडियोमा कलाकारको रुपमा विजय स्वयम र मोडल गीता ढुंगानालाई देख्न सकिन्छ।
प्रेम वियोगलाई दर्शाईएको उक्त गीत विजय पुनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया