‘ लुकी लुकी ‘मा भुपेन्द्र र परिक्षाको जोडीको चर्चा

गणेश थक्लुङ्गको शब्द, टंक बुढाथोकीको सङ्गीत र टंक र मेलिना राईको आवाज रहेको गीत ‘ लुकी लुकी ‘ सार्वजनिक गरिएको छ ।

मज्जाको राईले छायांकन गरेका उक्त गीतको भिडियोमा मोडलको रुपमा सिनेमाटोग्राफर भुपेन्द्र तुम्बहम्फे र परिक्षा लिम्बुलाई देख्न सकिन्छ । भुपेन्द्र र परिक्षाको डान्स र जोडीलाई दर्शकले निक्कै रुचाईरहेका छन् ।

दिवस गिरीले कोरियोग्राफी गरेका उक्त गीतको भिडियो थैली ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सो भिडियोमा प्र्याङ्क स्टार एलिस राई लगायतका अन्य कलाकारहरु  पनि देख्न सकिन्छ ।

प्रतिक्रिया