विनोद राई र स्मिता प्रधानको नयाँ गीत सार्वजनिक

द भ्वाइस अफ नेपालमा चर्चामा रहेका गायक विनोद राई र द भ्वाइसकै नकआउट सम्म पुग्न सफल गायिका स्मिता प्रधानको स्वरमा सानुमा सानु घर बनाई बसुँला बोलको गीत सार्वजनिक भएको छ । कृति आर्ट्स युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द तथा संगीत रहेको छ । भिडियोमा विनोद र स्मितानै फिचर भएका छन् भने निर्देशन शान थापाले गरेका छन् । यी दुईलेनै भ्वाइसमार्फत राम्रो चर्चा कमाएका छन् । विनोद टप ८ मा पनि पुगिसकेका छन् । यसपटकको बलियो उपाधि दाबेदारको रुपमा पनि विनोदलाई हेरिएको छ ।

प्रतिक्रिया