विश्व लिम्बू र रेखा लिम्बू अभिनीत म्युजिक भिडियो सार्वजनिक,विनोद राईको स्वर

द भ्वाइस अफ नेपालका फाइनलिस्ट विनोद राईको आवाजमा रहेको तिमी र म कान्छी बोलको गीतको मेल भर्सन सार्वजनिक भएको छ । भिडियोमा सञ्चारकर्मी विश्व लिम्बू र मोडल,कलाकार रेखा लिम्बूको अभिनय छ । भिडियोलाई सागर लामिछाने मगरले निर्देशन गरेका छन् भने संभव सुवेदीले छायांकन गरेका छन् । यस गीतको अरिजिनल भर्सन जुनु राईले गाएकी थिइन् । मेरो म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गीतले ४ दिनमा ५० हजार भन्दा बढी युट्युव भ्युवरसिप पाएको छ । यस गीतलाई कोरियामा रहेका किरण लावतीले निर्माण गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया