टिकाराम यात्रीले भने ‘कान्तिपुर,एपीवान अब मुलधारको मिडिया रहेनन्’

पत्रकार टिकाराम यात्रीले कान्तिपुर, एपिवान लगायत मुलधारका भनिने मिडिया अब मुलधारको मिडिया नरहेको बताएका छन् । विश्व लिम्बू पडकास्टमा कुरा गर्दै यात्रीले मुलधारको परिभाषा नै परिवर्तन भएको उल्लेख गरेका हुन् । उनले दर्शक,श्रोताका रुचीका मुल विषय समेट्ने सबै मिडिया मुलधारका मिडिया भएको भन्दै अब उपरान्त कुनै पनि मिडियालाई मुलधारे या नयाँ मिडिया नभन्न नयाँ सञ्चारकर्मीहरुलाई सुझा समेत दिएका छन् । यात्रीले ८ महिना अघि एपिवान टेलिभिजनको प्रधान सम्पादकबाट बाहिरिने घोषणा गर्दै यात्री मिडिया शुरु गरेर युट्युवमा कार्यक्रम सञ्चालन गर्न शुरु गरेका थिए ।

प्रतिक्रिया