मन जित्दै मासिन्या नाटक

बुद्धी तामाङ र सोनम तामाङको परिकल्पना,निर्देशन तथा लक्ष्मी रुम्बा,राबत र राजु स्याङ्तानको लेखन रहेको नाटक मासिन्याले दर्शकको मन जितेको छ । मण्डला थिएटर अनामनगरमा चलिरहेको नाटक हरेक दिन हाउसफुल छ । नाटक माघ २८ गतेसम्म मञ्चन हुनेछ । मासिन्याले तामाङ समुदायमाथी भएको ऐतिहासिक उत्पीडनको कथा भन्छ । तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्केपछि सन् १९१० मा बनाएको मुलुकी ऐनमा बिभिन्न जातजातीलाई पाँच भागमा बर्गीकरण गरिएको थियो । जसमध्ये तामाङ जातीलाई मासिन्यामा राखियो जसको अर्थ थियो मार्न या सित्तैमा दासदासी बनाउन मिल्ने । विभेद विरुद्धको यो नाटकले इतिहासको कथा मात्रै भन्दैन दर्शकलाई हँसाउने र रुवाउने र भावनामा तरङ्गीत बनाउने गर्छ । करिव डेढ घण्टाको नाटक हेर्दा दर्शकले मज्जैले आनन्द लिन्छन् ।

प्रतिक्रिया