लिम्बू कथानक नेपाली चलचित्र सुगुप आज हङकङमा प्रदर्शन हुँदै

। लिम्बू कथानक नेपाली चलचित्र सुगुप आज हङकङमा प्रदर्शन हुँदैछ । आज हङकङको वाम्पो सिनेमा हलमा स्थानीय समयअनुसार ५ र ७ बजे चलचित्रको विशेष शो हुन लागेको हो । हङकङमा रहेका व्यवसायी तथा समाजसेवी रविन कुमार नाल्वो लिम्बू यस चलचित्रका प्रस्तुतकर्ता हुन् । यसैगरी निर्माताहरुमा रिटार्यड व्रिटिश आर्मी शैलेन्द्र नाल्बो, दिलमाया लाबुङ नाल्वो रहेका छन् भने सहनिर्माताहरुमा एलपी साँवा लिम्बू, मनिषा नाल्वो, श्रीप्रसाद मावो र रामप्रसाद पन्धाक रहेका छन् । चलचित्रमा प्रेम सुव्वा, फुलेन्देको बाउ उर्फ मौसम इम्वुङ, वविता नेयोङहाङ, याशेली योङहाङ, सुम्निमा खापुङ, रुकमान लिम्बू लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । सुत्केरी अवस्थामै आमाको मृत्यु भयो भने लिम्बू संस्कारमा सुगुप भन्ने प्रचलन छ । चलचित्रको विषय मुलत यसैमा केन्द्रीत रहेको उत्पादन व्यवस्थापक इन्द्र शेर्पाले जाकारी दिए । चलचित्र हङकङ,सिक्कीम, आसाम लगायत नेपालका विभिन्न स्थानहरुमा विशेष प्रदर्शन गरिनेछ । रहेका व्यवसायी तथा समाजसेवी रविन कुमार नाल्वो लिम्बू यस चलचित्रका प्रस्तुतकर्ता हुन् । यसैगरी निर्माताहरुमा रिटार्यड व्रिटिश आर्मी शैलेन्द्र नाल्बो, दिलमाया लाबुङ नाल्वो रहेका छन् भने सहनिर्माताहरुमा एलपी साँवा लिम्बू, मनिषा नाल्वो, श्रीप्रसाद मावो र रामप्रसाद पन्धाक रहेका छन् । चलचित्रमा प्रेम सुव्वा, फुलेन्देको बाउ उर्फ मौसम इम्वुङ, वविता नेयोङहाङ, याशेली योङहाङ, सुम्निमा खापुङ, रुकमान लिम्बू लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । सुत्केरी अवस्थामै आमाको मृत्यु भयो भने लिम्बू संस्कारमा सुगुप भन्ने प्रचलन छ । चलचित्रको विषय मुलत यसैमा केन्द्रीत रहेको उत्पादन व्यवस्थापक इन्द्र शेर्पाले जाकारी दिए । चलचित्र हङकङ,सिक्कीम, आसाम लगायत नेपालका विभिन्न स्थानहरुमा विशेष प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया