लिम्बू कथानक नेपाली चलचित्र सुगुप हङकङमा भब्य प्रदर्शन,काठमाडौंमा फागुन १२ गते

लिम्बू कथानक नेपाली चलचित्र सुगुप हङकङमा प्रदर्शन भएको छ। फिल्मलाई हङकङका दर्शकले रुचाएका छन् । हङकङको वाम्पो सिनेमा हलमा यसै साता चलचित्रको विशेष शो सम्पन्न भएको हो । जारी चलचित्रपछि हङकङमा ४ वटा शो नै हाउसफुल भएको प्रस्तुतकर्ता रविन कुमार नाल्वोले जानकारी दिए । रविन हङकङका स्थापित व्यवसायी तथा समाजसेवी हुन् । यसैगरी यस चलचित्रका निर्माताहरुमा रिटार्यड व्रिटिश आर्मी शैलेन्द्र नाल्बो र दिलमाया लाबुङ नाल्वो रहेका छन् भने सहनिर्माताहरुमा एलपी साँवा लिम्बू, मनिषा नाल्वो, श्रीप्रसाद मावो र रामप्रसाद पन्धाक रहेका छन् । चलचित्रमा प्रेम सुव्वा, फुलेन्देको बाउ उर्फ मौसम इम्वुङ, वविता नेयोङहाङ, याशेली योङहाङ, सुम्निमा खापुङ, रुकमान लिम्बू लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । सुत्केरी अवस्थामै आमाको मृत्यु भयो भने लिम्बू संस्कारमा सुगुप भन्ने प्रचलन छ । चलचित्रको विषय मुलत यसैमा केन्द्रीत रहेको उत्पादन व्यवस्थापक इन्द्र शेर्पाले जाकारी दिए । हङकङसँगै,सिक्कीम, आसाम लगायत नेपालका विभिन्न स्थानहरुमा चलचित्रको विशेष प्रदर्शन गरिनेछ । काठमाडौंमा फागुन १२ र १७ गते बिग मुभिज सिटी सेन्टरमा २ वटा शो हुनेछन् ।

प्रतिक्रिया