लिम्बू कथानक नेपाली चलचित्र सुगुप काठमाडौंमा प्रदर्शन हुँदै

लिम्बू कथानक नेपाली चलचित्र सुगुप काठमाडौंमा प्रदर्शन हुँदैछ। सिटी सेन्टरको बिग मुभिजमा भोली विहान १० बजे चलचित्र प्रदर्शन हुने प्रस्तुतकर्ता रविनकुमार नाल्वोले जानकारी दिए । यसअघि हङकङमा पनि चलचित्रको विशेष शो गरिएको थियो । जारी चलचित्रपछि हङकङमा ४ वटा शो नै हाउसफुल भएको प्रस्तुतकर्ता रविन कुमार नाल्वोले जानकारी दिए । रविन हङकङका स्थापित व्यवसायी तथा समाजसेवी हुन् । यसैगरी यस चलचित्रका निर्माताहरुमा रिटार्यड व्रिटिश आर्मी शैलेन्द्र नाल्बो र दिलमाया लाबुङ नाल्वो रहेका छन् भने सहनिर्माताहरुमा एलपी साँवा लिम्बू, मनिषा नाल्वो, श्रीप्रसाद मावो र रामप्रसाद पन्धाक रहेका छन् । चलचित्रमा प्रेम सुव्वा, फुलेन्देको बाउ उर्फ मौसम इम्वुङ, वविता नेयोङहाङ, याशेली योङहाङ, सुम्निमा खापुङ, रुकमान लिम्बू लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । सुत्केरी अवस्थामै आमाको मृत्यु भयो भने लिम्बू संस्कारमा सुगुप भन्ने प्रचलन छ । चलचित्रको विषय मुलत यसैमा केन्द्रीत रहेको उत्पादन व्यवस्थापक इन्द्र शेर्पाले जाकारी दिए । हङकङसँगै,सिक्कीम, आसाम लगायत नेपालका विभिन्न स्थानहरुमा चलचित्रको विशेष प्रदर्शन गरिनेछ ।

 

प्रतिक्रिया