ताप्लेजुङ वनभोज फागुन १९ मा हुँदै

ताप्लेजुङ जिल्लाबाट काठमाडौं आएर वसोवास गर्ने ताप्लेजुङवासीहरुको वनभोज फागुन १९ गते शनिवार हुँदैछ । वर्षेनी आयोजना हुँदै आएको वनभोज यस वर्ष पनि गत वर्ष झैँ भक्तपुरको मन्थली गुण्डुमा हुने ताप्लेजुङ सरोकार केन्द्रका उपमहासचिव तथा वनभोज कार्यक्रमका सहसंयोजक वुद्धीमान परियारले जानकारी दिए । जिल्लावासीबिच भेटघाट तथा खुसी साटासाट गर्न वर्षेनी ताप्लेजुङ वनभोजको आयोजना गरिदै आएको छ । वनभोजमा वृहद् सांस्कृतिक कार्यक्रमका साथै विभिन्न जातजातीको संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिनेछ । ताप्लेजुङ सरोकार केन्द्रले डेढ दशक अघिदेखि ताप्लेजुङ वनभोज आयोजना गर्दै आएको छ । उपत्यका बाहिरबाट काठमाडौं आएर बसेकाहरुको सबैभन्दा ठुलो जमघट हुने वनभोजका रुपमा समेत ताप्लेजुङ वनभोजले छुट्टै परिचय पाएको छ । यस वर्ष करिव चार हजार भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

 

 

प्रतिक्रिया