पदम राई र सुनिता सन्यकको नयाँ गीत सार्वजनिक

गायक पदम राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘हातैमा लेखेको त्यो नाम कस्को हो’ बोलको गीत पदमकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायिका सुनिता सन्यकको पनि स्वर रहेको छ । ताराप्रकाश लिम्बूको संगीत तथा डिपी खनालको शब्द रहेको म्युजिक भिडियोमा पदम,सुनितासँगै निमबाबु तामाङ र रिया तामाङको अभिनय रहेको छ । संभव सुवेदीले खिचेको भिडियोलाई सागर लामिछानेले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया