आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ मा सुगुपलाई ४ वटा अवार्ड

चलचित्र सुगुप लाई पब्लिक च्वाईस अवार्ड
चौथो आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ मा सुगुप चलचित्रले ४ वटा अवार्ड जित्न सफल भएको छ । ३५ हजार नगदसहित पब्लिक च्वाइस अवार्ड साथै उत्कृष्ट सङ्गीत, उत्कृष्ट छायाङ्कन र उत्कृष्ट सम्पादन विधामा सुगुपले बाजी मारेको हो । लिम्बू संस्कृतिमा आधारित यस चलचित्रलाई देश विदेशमा गरिएको च्यारिटी शोहरुमा पनि राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । लिम्बू जातिमा प्रसव पीडा अथवा सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको महत्वपूर्ण भूमिका रहन्छ । यही मृत्यु संस्कारलाई चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

चलचित्रलाई हङकङमै रहेका समाजसेवी तथा व्यवसायी रविनकुमार नाल्वोले प्रस्तुत गरेका हुन् । हङकङबाट प्रदर्शन शुरु भएको यो चलचित्र अझै पनि विभिन्न मुलुकहरुमा विशेष प्रदर्शन भइरहेको छ । चलचित्रले अवार्ड जितेकोमा निर्माता नाल्वोले खुसी व्यक्त गरेका छन् । साथै निर्देशक लोकेन साम्बासहित निमार्ण टिमले पनि आयोजक तथा सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेको छ ।

चलचित्रमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला सैलेन्द कुमार नाल्बो रबिन कुमार नाल्वो, इन्द्र सेर्पा कालाकारहरुको अभिनय रहेको छ ।

यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ रिता फोम्बो ठुलि रित गीतकारको रुपमा रहेको यस चलचित्रमा सङ्गीत अशोक लोहरुङ राईको छ भने स्वर राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुको रहेको छ ।

पटकथाः देवेन्द्र खापुङ छायाङ्कनः युवराज राई , सम्पादनः विपिन्न मल्ल, कलरिष्टः रेनिस फागो,निर्माताः शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माताः एलपी साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशकः कमल राई, द्वन्द निर्देशनः किशोर सम्बाहाङ्फे, कला निर्देशनः निश्चल कुलुङ राई, मेकअपः विजय लामा, सञ्जु थलङ, भेस भुसा युनिक कृयसन लिम्बु–नेपाली सबटाईटलः डिबि आङबुङ, पब्लिसिटी डिजाईनरः टौवा क्रिएशन, सुदामा डिजाईनिङ, अंग्रेजी सबटाईटलः गौतमराज खड्काको रहेको छ ।

प्रतिक्रिया