आफ्नै गीत चोरीको आरोप लागेपछि अन्जु पन्तले निकालिन् प्रेस विज्ञप्ती

गायिका अन्जु पन्त र उनको टिमलाई आफ्नै अरिजिनल गीत चोरीको आरोप लागेको छ ।

गजलकार शिशिर भट्टराईको शब्द, मुरारी गुरागाईंको सङ्गीत र गायिका पन्तको आवाज रहेको ‘हजुर आउनु पँधेरीमा’ नामक गजल सन् २०१९ मा रेकर्ड गरी ४ वर्ष अघि मुरारी गुरागाईं युट्युब च्यानलबाट भिडियो प्रकाशित गरिएको थियो तर गीत दर्शक श्रोता माझ पुग्न नसकेपछी सो गीतलाई पुन: गायिका अन्जुको अफिसियल युट्युबमा राखियो ।

तर सो गीत पुन:प्रकाशित भए सङ्गै सर्जक टिमलाई गीत चोरीको आरोप लागेको हो ।

सो गीतको केही शब्द र सर्जकको नाम परिवर्तन गरी अर्कै गायकलाई गाउन लगाइ ‘नेपाल मिडिया ग्रुप प्रीजेन्ट’नामक युट्युब च्यानलबाट एक वर्ष अघी प्रसारण गरिएको रहेछ जसकारण अरिजनल सर्जक टिमलाई गीत चोरीको आरोप लागेको हो ।

आफ्नो गीत अरुले चोरेर एक बर्ष अघी नै प्रसारण गरेको थाहा पाएपछी गायिका पन्त र उनका टिमले प्रेस विज्ञप्ती निकालेका छन् ।

साथै प्रतिलिपि अधिकार ऐन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायलाई गायिका पन्त,संगीतकार गुरागाईँ र शब्दकार भट्टराईले एक विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

प्रतिक्रिया